नियम २६
लिलाम बिक्री सम्बन्धी कार्यविधि
(१) मालधनीले ऐनको दफा ३२ बमोजिम कब्जामा रहेको मालवस्तु पञ्चकृति मोलमा सकार गर्न मञ्जूर गरेमा त्यस्तो मालवस्तु माल धनीलाई दिनु पर्नेछ ।
(२) मालधनीले पञ्चकृति मोलमा उपनियम (१) बमोजिम मालवस्तु सकार नगरेमा त्यस्तो मालवस्तु प्रतिस्पर्धा गराई लिलाम बिक्री गर्नु पर्नेछ ।
(३) कब्जामा लिइएका मालवस्तु लिलाम बिक्री गर्न सात दिनदेखि पैंतीस दिनसम्मको सूचना दिई लिलाम सम्वन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
तर सडीगली जाने मालवस्तुको लिलाम बिक्री महानिर्देशकको स्वीकृति लिई उपयुक्त माध्यमबाट गर्नु पर्नेछ ।
(४) मालवस्तुको लिलाम गर्दा पञ्चकृति मोलमा नघट्ने गरी सबैभन्दा बढी मूल्य कवोल गर्ने व्यक्तिलाई बढीमा सातदिनको म्याद दिई त्यस्तो मालवस्तु लिलाम बिक्री गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम बढी मूल्य कबोल गर्ने व्यक्तिले लिलाम सकार नगरेमा वा दिइएको म्यादभित्र सकार गर्न नआएमा निजले राखेको धरौटी जफत गरी सो भन्दा घटी दोस्रो, तेस्रो वा आवश्यकता अनुसार क्रमशः पछिल्लो बढी मूल्य कवोल गर्ने व्यक्तिलाई लिलाम बिक्री गर्नु पर्नेछ ।
(६) उपनियम (१), (२), (३) वा (४) बमोजिम लिलाम सम्बन्धी कारवाही गर्दा कसैले पनि लिलाम सकार नगरेमा पुन मूल्याङ्कन गरी लिलामको लागि सात दिनको सूचना प्रकाशन गर्नु पर्नेछ ।
तर सवारी साधन लिलाम बिक्रीको लागि सूचना प्रकाशन गर्दा प्रत्येक पटक पन्ध्र दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा सूचना प्रकाशन गरी लिलाम बिक्री गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम गर्दा समेत मालवस्तुको बिक्री हुन नसकेमा प्रत्येक पटक बढीमा पच्चीस प्रतिशत मूल्य घटाई पञ्चकृति मोल कायम गरी नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाले लिलाम सकार गर्ने भएमा त्यस्तो संस्था र नभएमा अन्य कुनै व्यक्तिसँग वार्ता गरी मालवस्तु बिक्री गर्नु पर्नेछ ।